Logo

समाचार

मन्त्री सिंहले गरे बन्चरेडाँडा ल्यान्डफिल साइटको अनुगमन



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बिहीबार बन्चरेडाँडा ल्यान्डफिल साइट अनुगमन गर्न पुगेका छन् । बन्चरेडाँडा पुगेका मन्त्री सिंहले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएका छन् ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमाना बन्चरे डाँडामा छ । मन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरे डाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्ने बताए ।

‘मापदण्डअनुसार फोहोरको व्यवस्थापन भइरहेको छ कि छैन भन्नेबारे जानकारी लिएका हुन्’ सिंहको सचिवालयले भन्यो । अनुगमनका क्रममा मन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे चासो राखेका थिए ।

फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको प्रमुख रहेका मन्त्री सिंहको अध्यक्षतामा गत ९ मंसिरमा मन्त्री सिंह नेतृत्वमा रहेको उच्चस्तरीय समितिको पहिलो बैठक बसेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १६:२५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।