Logo

अर्थ

एनसेल फाउन्डेसनले एनपीएलका चौकाबापत २६ सय बढी शैक्षिक सामग्रीको वितरण गर्ने



काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा प्रहार भएका चौका बापत २ हजार ६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

फाउन्डेसनले एनपीएलमा हानिने प्रत्येक चौका बापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार शैक्षिक सामग्री वितरण गर्ने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले वितरण गर्ने शैक्षिक सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने छ ।

शनिबार सम्पन्न भएको एनपीएलमा कुल ६५३ चौका प्रहार भएको फाउन्डेसनले जनाएको छ । घोषणा गरे अनुसार कुल २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिने छ ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार ११:१७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।