Logo

खेलकुद

ड्रिम अन एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा अञ्जना



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जना रानामरलाई ड्रिम अन एजुकेसन कन्सलटेन्सीले सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । महिला फुटबलमा उनी लोकप्रिय खेलाडीमा पर्छिन् ।

घरेलु फुटबलमा उनी आर्मीबाट खेल्छिन् । ड्रिम अनका प्रबन्ध निर्देशक भीमबहादुर थापा र अञ्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता एक वर्षका हुनेछ ।

एन्फा वुमेन्स लिगको दोस्रो चरण यसै साता सुरु हुँदैछ र त्यसमै केन्द्रित हुँदै अञ्जनाले भनिन्, ‘यस्तो सम्झौताले खेलाडीलाई नेपालमै खेल्न र बस्न सहज बनाइन दिन्छ ।’

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १४:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।