काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् । गीत शर्माको युट्युव च्यानलमा सार्वजनिक भएकाे छ ।
शर्माको संगीत रहेको गीतमा प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको संगीत संयोजन छ । निकेश खड्का निर्देशित भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् ।
गत वैशाख अन्त्यमा रेकड भएको हो । संगीत र साहित्यमा समेत रुची भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन् । शिव परियारको स्वर रहेको उक्त गीतमा मीन विश्वकर्माका शब्द छन् ।
विश्वप्रकाशले यसअघि पनि आफ्नो संगीतमा केही गीत रेकर्ड गराएका छन् । नेपाल जेसिजको एल्बममा बज्ने गीत उनैले संगीत गरेका हुन् । भूकम्पको त्रासदीको समयमा उनले ‘स्वीकृति’ बोलको गीत पनि ल्याएका थिए, जसमा शिशिर योगीको स्वर छ ।
लकडाउनको समयमा ‘आऊ माया गरौं, प्रकृतिलाई रक्षा गरौं, महामारीबाट संसारलाई जोगाऊँ’ बोलको गीत रिलिज गरेका थिए । यो गीतलाई शीतल मोक्तानले गाएकी थिइन् ।





















प्रतिक्रिया