Logo

मनोरञ्जन

कलाकार सबिन श्रेष्ठले ल्याए ‘ए घरबेटी बा’



काठमाडाैं । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरमा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ ।

दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन् भने सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिँदैछन् ।

काठमाण्डौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार १२:२५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।