काठमाडाैं । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरमा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ ।
दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन् भने सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिँदैछन् ।
काठमाण्डौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।





















प्रतिक्रिया