Logo

अर्थ

माछापुच्छ्रे बैंकको म्युचुअल फन्डमा आवेदन खुल्यो



काठमाडौं । माछापुच्छ्रे बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने एमबीएल इक्वीटी फन्डमा आवेदन खुलेको छ । कुल १२ करोड इकाइ फन्ड निष्कासन हुन लागेको हो ।

कोष प्रवद्र्धक बैंक, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याएपछि बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिएको छ ।

अंकित मूल्य १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १ सय इकाइका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना बजारमा सूचीकृत भइ कारोबार समेत हुनेछ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १०:२८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।