Logo

अर्थ

पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताको मनोबल घटाउँछ : चन्द्रप्रसाद ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने प्रयासले लगानीकर्ताको मनोबल घटाएको बताएका छन् । विकास निर्माणका कामलाई रोक्नु भनेको लगानीकर्ताको मनोबल घटाउनु हो अध्यक्ष ढकालले भने ।

ढकालका अनुसार पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउने कार्य गलत हो । यसले स्वदेशी रोजगारी सिर्जना गर्ने प्रक्रियामा समस्या ल्याउँछ, उनले थपे। “हामी विदेशी लगानीकर्तालाई पनि नेपाल ल्याउन प्रयासरत छौं, र आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नका लागि हामीले यस्तो परियोजना सुरु गरेका हौं,” उनले भने।

अध्यक्ष ढकालले केबलकार परियोजना बालबालिका र वृद्धवृद्धालाई सहजता पूर्वक धार्मिक स्थलको दर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको बताउँदै, यसले स्थानीय समुदायलाई घरमै बसेर रोजगारीका अवसरहरू सिर्जना गर्ने दाबी गरे। “तर केही राजनीतिक दल र व्यक्तिहरूले यस परियोजनामा बाधा पुर्‍याइरहेका छन्,” उनले भने।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १२:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।