काठमाडौं । केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी ‘दिपल एस ०५’ ले प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ जितेको छ । दिपल एस ०५ को इनोभेटिभ डिजाइन, कटिङ एज प्रविधि र दीर्घकालीनता प्रतिको प्रतिबद्धता मूल्यांकन गर्दै अटोमोबाइल सेग्मेन्टमा आईएफ डिजाइन अवार्डले सम्मान गरेको हो ।
दिपलको लोकप्रिय मोडेल एस ०७ को सिब्लिङ एस ०५ मा फ्युचरिस्टिक एस्थेटिक्स र अत्याधुनिक प्रविधि सम्मीश्रण छ । यसमा नयाँ ककपिट इन्टरेक्सन सिस्टम, स्लिक डिजाइन र उत्तरआधुनिक फिचर छन्, जसले ड्राइभिङ अनुभवलाई पुनर्परिभाषित गर्ने छ । स्टाइल, इन्टिलिजेन्स र इकोफ्रेन्ड्लीनेसलाई एस०५ ले नयाँ मापदण्ड स्थापित गर्ने छ ।
‘इनोभेटिभ इन्टरेक्टिभ एक्सपिरियन्सले कारण दिपल एस ०५ लाई अरूभन्दा उत्कृष्ट बनाएको छ । यसमा पावर सिस्टममा जोडिएको सेग्मेन्ट फस्ट अनबोर्ड पीटीजी क्यामेरा र डीएलपी प्रोजेक्सन हेडलाइट छ । यस्ता फिचरले एस ०५ लाई इन्टिलिजेन्ट, इफिसेन्ट बनाएको छ,’ आईएफ डिजाइन अवार्डले आफ्नो वेबसाइटमा लेखेको छ ।
यो वर्ष आईएफ अवार्डका लागि ६६ देशबाट ११ हजार आवेदन आएका थिए । जर्मनीको ह्यामबर्गमा आयोजना भएको यो अवार्ड समारोहमा २३ देशकाका १ सय ३१ जुरीले मूल्यांकन गरेर विजेता घोषणा गरेको हो ।
आउँदो तीन वर्षमा दिपलले विश्वभरि ९ नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छ । हालसम्ममा दिपल चीनबाहेक दक्षिणपूर्वी एसिया, मध्य र दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका र अस्ट्रेलियामा विस्तार भइसकेको छ ।




















प्रतिक्रिया