काठमाडौं । एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरुमाथि छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।




















प्रतिक्रिया