Logo

अर्थ

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार ११:०७   :  बजे

381
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।