Logo

प्रमुख समाचार

राजावादीको प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त



काठमाडौं । राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएकाे छ ।

अहिले त्रिभुवन विमानस्थल आसपासका सडकमा अत्यधिक जाम छ । सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको प्रहरीले जनाएकाे छ ।

ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गरे छिटो गन्तव्यमा पुग्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

पूर्वराजाको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित विभिन्न संघसस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १४:००   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।