Logo

अर्थ

इन्भेस्टमेन्ट कम्पनीहरूलाई धितोपत्र बोर्डमा सूचीकृत हुन निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेस्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचीकृत हुनका लागि निर्देशन दिएको छ । ५ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका, वार्षिक १० करोड वा सोभन्दा बढी कारोबार गर्ने कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने भएको छ ।

धितोपत्र कारोबार गर्नेगरी पछिल्लो समय विभिन्न इन्भेस्टमेन्ट कम्पनीहरू कम्पनी रजिस्टार कार्यालयमा मात्रै दर्ता भएर सञ्चालनमा आएका छन् । तिनै कम्पनीलाई बोर्डले सूचीकृत हुन भनेको हो ।

बोर्डका प्रवक्ता निरन्जय घिमिरेकाअनुसार बजारमा सूचीकृत भएका कम्पनीलाई नभई अन्य कम्पनीलाई यस्तो निर्देशन दिइएको हो । नेप्सेमा सूचीकृत कम्पनी पहिले नै बोर्डमा सूचीकृत भइसकेका हुन्छन् ।

पछिल्लो समय इन्भेस्टमेन्ट कम्पनी खोल्दै धितोपत्र बजारमा कारोबार गर्ने कम्पनी बढेका छन् । ५ करोड वा सोभन्दा माथिका त्यस्ता कम्पनीलाई अब धितोपत्र बोर्डले नियमन गर्नुपर्ने भएको छ ।

यसअघि नै ५ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका, १० करोड रुपैयाँ वा सोभन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीका लागि नियमन गर्नका लागि धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्दै पुस १८ गते नै राजपत्रमा सूचना सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १४:३३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।