Logo

अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७औं बैठकबाट अध्यक्ष चयन भएका हुन् ।

पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा एक कार्यक्रमबिच गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार १६:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।