Logo

अर्थ

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आजदेखि खुल्यो



काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।

चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।

सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो । कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार ०९:५१   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।