Logo

अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार ११:१७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।