Logo

अर्थ

नेपाल चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा फाइन्द्र पाण्डे नियुक्त



काठमाडौं । सरकारले नेपाल चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा फाइन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले लमजुङ निवासी पाण्डेलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिस समितिले सात जनाको सिफारिस गरेको थियो । समितिको निर्णय अनुसार १९ असार २०८१ मा बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना मागिएको थियो। यस कार्यको हिस्सा स्वरुप १ पुसमा समितिले उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता मिति तोकेको थियो ।

८ पुसमा कृषि मन्त्रालयमा आयोजित कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा गौरव लुइँटेल, नवराज सापकोटा, फाइन्द्रराज पाण्डे र मनोज बस्नेतले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । यसैगरी, ९ पुसमा राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा. विष्णुप्रसाद भट्टराईको प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न भएको थियो ।

समितिको सिफारिस अनुसार मन्त्रीपरिषद्ले पाण्डेलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । अब पाण्डे नेपाल चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकका रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार १२:४०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।