Logo

अर्थ

ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने



काठमाडाैं । ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्कलगायत विभिन्न भाषा परीक्षा (आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, यूएसएमएलई)को शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

आगामी ३१ अगस्टसम्म मात्र उक्त योजना लागू हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार १५:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।