काठमाडौं । विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छन् । २६ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शुक्रबार विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।
२०७६ देखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्य पदमा कार्यरत भट्टराईले दोस्रो कार्यकालका लागि शपथग्रहण गरेकी हुन् ।




















प्रतिक्रिया