काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोक्ताको मानवअधिकार, शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भए पनि कार्यान्वयनका लागि जनशक्ति अभाव भएको बताएका हुन् ।
जनशक्ति अभावका कारण पर्याप्त बजार अनुगमन लगायत अन्य थुप्रै काम गर्न नसकिएको उनको भनाइ छ ।
प्रतिक्रिया