Logo

प्रमुख समाचार

चैत्र २० भित्र संसदको चालु अधिवेशन अन्त्यको तयारी



काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ ।

सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिख (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदैछ ।

जसअनुसार सरकारले ३१ वटा कानुनमा संशोधन गर्नेगरी ल्याएका ६ वटा अध्यादेशहरू चैत्र १८ गतेसम्म प्रमाणीकरण गराइसक्नुपर्नेछ । सोही प्रक्रियाअनुसार संसदमा स्वीकृति भई प्रक्रिया अघि बढिसकेको छ । संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुन्छ । बजेट पेश हुनु एक महिना अगाडि सदनमा प्रि-बजेट छलफल गरिन्छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १२:०२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।