Logo

अर्थ

२१ अंकले घट्याे सेयर बजार, ६ अर्ब ८३ करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४ को विन्दुमा कायम भएको छ ।

आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ ।

६ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीले ८.१९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १५:१५   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।