Logo

अर्थ

सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान



काठमाडौं । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत बम्पर उपहार आईफोन १६ रहेको छ ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र रु ५०० को फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।

यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० को मोबाइल टपअप जित्न सक्नेछन् ।

साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १०:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।