काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न भएको छ । बैंकले गत फागुन १८ गतेदेखि २३ गतेसम्म जारी गरेको ३ अर्ब रुपैयाँबराबरको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको हो ।
बैंकले चैत १ गते ऋणपत्र बाँडफाँड गरेको हो । उक्त ऋणपत्र खरिदका लागि रितपूर्वक आवेदन दिने ५ हजार ६९७ जना आवेदकलाई ११ लाख ४० हजार कित्ता हकप्रद बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ ।
यस्तै व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्टाइएको १८ लाख कित्ता ऋणपत्र पनि बाँडफाँड गरिएको छ ।
प्रतिक्रिया