Logo

अर्थ

‘बर्ली एयर कूलर’ नेपालमा लञ्च, सिजी इलेक्ट्रोनिक्स आधिकारिक वितरक



काठमाडाैं । भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबारका दिन काठमाण्डौको भिवान्ता होटलमा एक कार्यक्रम आयोजना गर्दै एयर कुलरहरु सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए ।

कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माद्वारा गरिएको थियो । कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे ।

बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्नका लागि परिचित छन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ ।

यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुऱ्याउने उद्देश्य राखेको छ । यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार १७:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।