काठमाडौं । पियोर इनर्जीको आईपीओ भर्ने आज चैत ५ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले गत फागुन २० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानीयका लागि निष्कासन गरेको छ ।
यसैगरी कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ । स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपाली आज चैत ५ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् ।
यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
पियोर इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।




















प्रतिक्रिया