काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘कलरफुल एक्सचेन्ज’ अफर आयोजना गरिरहेको छ ।
बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरू नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त इभी गाडीहरूसँग गाडीहरू साट्न सकिने छ ।
यो एक्सचेन्ज अफर टाटा मोटर्सको देशैभरी रहेका सोरुमहरूमा आयोजना भइरहेको छ ।
यस एक्सचेन्जमा सहभागी भएर ग्राहकहरूले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो इभी, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च इभी, अझै धेरै यात्रा गर्नेहरूको लागि नेक्सन के३ इभी र प्रिमियम एसयुभी कुपे कर्भ इभीमा आकर्षक डिलहरू पाउन सक्नेछन् ।
यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन् ।




















प्रतिक्रिया