Logo

अर्थ

टाटा मोटर्सद्धारा सवारी साधनहरुको मूल्य बढाउने घोषणा



काठमाडाैं । टाटा मोटर्सले आफ्ना ब्राण्डका सवारी साधनहरुको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी अप्रिल १ गतेदेखि लागू हुनेगरी मूल्य बढाउने घोषणा गरेको हो ।

इनपुट कस्ट र लजिस्टिकमा भएको बढोत्तरीका कारण यस्तो निर्णय गर्नुपरेको कम्पनीको भनाई छ । मूल्यवृद्धिको निर्णय सबै व्यवसायिक सवारी साधनमा लागू हुनेछ र भिन्न–भिन्न मोडल तथा भेरियन्टमा फरक–फरक हुनेछ ।

फेब्रुअरीमा टाटा मोटर्सको घरेलु तथा अन्तराष्ट्रिय वार्षिक बिक्री ८ प्रतिशतले घटेर ७९ हजार ३४४ युनिटमा खुम्चिएको थियो । गत वर्षको सोही महिनामा भने कम्पनीले ८६ हजार ४०६ युनिट गाडी बिक्री गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १६:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।