काठमाडौं । मार्च महिनाको पहिलो हप्ता एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य गर्दै र युरोपियन युनियन (ईयू)को एससीएसआईआईएस कार्यक्रमको सहयोगमा तीन–दिने तालिम सञ्चालन गरेको छ।
तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरु ऊर्जा, कृषि व्यवसाय र एसएमई (साना तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक र सुशासन) अभ्यासहरुलाई समाहित गर्न जोड दियो । जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ ।
आईएफसीका विशेषज्ञहरु र स्थानीय परामर्शदाताहरुबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरुबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यावसायिक टोली, ईएन्डएस तथा जोखिम अधिकृतहरु तथा ग्राहकहरु गरी ९० जना सहभागी भएका थिए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ईएसडीडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षताजस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरुसँग समाहित हुने अवसर प्रदान गर्यो। यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया