काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बुधबार नेपाल एपिएफ क्लब, हलचोक, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा बैंकको ६५औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको हो ।
त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।
प्रतिक्रिया