Logo

अर्थ

कबाड व्यवसायीले बुझाए काठमाडौंका सीडीओलाई ज्ञापनपत्र



काठमाडाैं । लामो समयदेखि काठमाडौं महानगरपालिकाभित्र कबाड संकलनमा अवरोध भइरहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

बिहीबार कबाड व्यवसायी संघर्ष समितिको तर्फबाट कबाड व्यवसायी समाजले सीडीओ तिवारीलाई ज्ञापनपत्र बुझाएको हो ।

समाजले काठमाडौं महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र साइकलमा कबाड संकलन गर्दै आएका कबाड संकलकहरूको साइकल र समान जफत गर्ने गरेको भन्दै त्यसलाई तत्काल रोक्न सीडीओसँग माग गरेको छ ।

साइकलमा कबाड संकलन गर्दै आएका संकलकलाई भइरहेको गालीगलौज कुटपिट र अभद्र व्यवहार बन्द गर्नुपर्ने माग छ । हालसम्म कबाड संकलकका एक हजार थान साइकल काठमाडौं महानगर प्रहरीले जफत गरेको भन्दै समाजले उक्त साइकल र जफत गरेको समान फिर्ता गुर्नपर्ने बताएको छ ।

महानगर प्रहरीका कारण कबाड संकलकहरूले आफ्नो रोजगारी गुमाउनु परेको समाजले बताएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १५:०८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।