काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ५६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रि-इन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.५३ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया