Logo

अर्थ

हिसान बाग्मती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्यसहित २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित



काठमाडाैं । उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) बाग्मती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । चैत्र ६ गते लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अधिवेशन सम्पन्न भएको हाे ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा  चैत्र ६ गते लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अधिवेशन सम्पन्न भएको हाे । उक्त कार्यक्रममा शैक्षिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

हिसान बागमती प्रदेश अध्यक्षमा राजकुमार आचार्यसहित सम्पूर्ण २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा, आनन्द कुमार यादव र सन्दिप श्रेष्ठ, सचिवमा मदन कुमार सुवेदी, सह-सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा जयराम वाग्ले निर्वाचित भएका छन् ।

सदस्यहरुमा, बुद्धिराम बन्जाडे, नन्दु कुशवाहा, बरुण पन्थी, विष्णु शर्मा, आर.डी भट्ट, सुदर्शन जमरकट्टेल, ऋतु न्यौपाने, होम बाहदुर अधिकारी, लक्ष्मण पोख्रेल, पेशल लुइटेल, आकाश पौडेल, राम प्रसाद बडाल, भुशील खनाल, सरोज महर्जन र नेत्र प्रसाद भुसाल निर्वाचित भएका हुन् ।

नव निर्वाचित कमिटीका अध्यक्ष आचार्यले अबको आफ्नो कार्यकालमा हिसान बाग्मती प्रदेशले विभिन्न कार्यक्रमहरु गर्दै निजी शैक्षिक संस्थालाइ थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । करिब २०० भन्दा बढी कलेजको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन आनन्द कुमार यादवले गरेका हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १७:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।