काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका छन् ।
यो सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको आदेशविरुद्ध सरकारले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।
आज लामिछाने पनि पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् ।




















प्रतिक्रिया