Logo

समाचार

सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेन: सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अपांगता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकेको बताएका छन् ।

पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै अपांगहरूको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन पार्टी दृढ रहेको बताए ।

देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा उनीहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रहेको बताए ।

आजबाट सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १७:२१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।