Logo

अर्थ

एनसेलले ल्यायो ‘सधैँ अन १७९९ रोमिङ’ प्याक



काठमाडौं । एनसेलले ‘सधैँ अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । नेपालभर निर्बाध रूपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्ने कम्पनीको भनाइ छ ।

२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड युट्युब, बिमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् ।

यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्ने पनि एनसेलको भनाइ छ ।

भारत भ्रमणका बेलामा ग्राहकहरूले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. १,००,००० सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेत समेट्ने कम्पनीको भनाइ छ ।

“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौँ । ‘सधैँ अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरू सहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १०:५४   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।