काठमाडौं । साताकाे पहिलाे काराेबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६ को विन्दुमा कायम भएको छ ।
आज १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३० कम्पनीको मूल्य घटेको छ । आज ६ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ९९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया