Logo

अर्थ

एनआइएमबीले घोषणा गर्‍यो ‘भिसा स्पेन्ड एण्ड विन डिजाइन क्याम्पेन’का विजेता



काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी)ले ‘भिसा स्पेन्ड एण्ड विन डिजाइन क्याम्पेन’ अन्तर्गतका भाग्यशाली विजेताहरू घोषणा गरेको छ ।

यो विशेष कार्यक्रम चाडपर्वको अवसरमा सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ सम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो ।

उक्त अभियान अन्तर्गत नेपालभरका २५ विजेताहरू मध्ये ६ जना एनआइएमबीका ग्राहकहरू विजयी भएका छन् । जसले यस बैंकलाई राष्ट्रव्यापी प्रवर्द्धनात्मक अभियानमा एक प्रमुख स्थान दिलाएको बैंकले बताएको छ ।

कुल विजेताहरूको २४ प्रतिशत एनआइएमबीका ग्राहकहरू रहेको तथ्यले नेपालमा डिजिटल कारोबार प्रवर्द्धनमा बैंकको योगदानलाई स्पष्ट पारेको छ । एनआइएमबीका भाग्यशाली विजेताहरू मनोज मोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टिका राम शर्मा, सरोज प्रसाद प्रधान र मीना कार्की छन् ।

यस अभियानअन्तर्गत विजेताहरूलाई दुई जनाका लागि अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउण्ड ट्रिप हवाई टिकट प्रदान गरिनेछ ।

एनआइएमबीले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने आफ्नो निरन्तर प्रयासका साथै आफ्ना सम्मानित ग्राहकहरूको दैनिक कारोबारका लागि पुरस्कृत गर्न प्रतिबद्ध रहेको बताएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १६:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।