Logo

प्रमुख समाचार

लोकतान्त्रिक अपाङ्ग संघकाे अध्यक्षमा माधव चम्लागाईं निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईं निर्वाचित भएका छन् ।

चम्लागाईंले ३५१ मत ल्याई निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षका अरु दुई प्रतिस्पर्धी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित चम्लागाईं महामन्त्री गगन थापा निकट हुन् ।

अध्यक्षमा पराजित विकास थापा संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षका हुन् भने कल्पना खड्का पार्टी प्रवक्ता डा. प्रकाशशरण महत नजिक छन् । केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले राष्ट्रिय लोकतान्त्रिक अपाङ संघमा महामन्त्री थापा र नेता शेखर पक्ष बीचमा नै प्रतिस्पर्धा भएको जानकारी गराए ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनको शनिबार मतदान सकिएको थियो । उपाध्यक्षमा महिलाबाट अनिता घिमिरे गैरे, खुलातर्फ उदयबहादुर लिम्बु, दुई महामन्त्रीमा किरणकुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भएका छन् । महमहाधिवेशनका लागि चयन भएका ८९२ प्रतिनिधिबाट ४७० मत खसेको थियो ।

विधानअनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । ३९ जना निर्वाचित र १२ जना मनोनित हुने विधानको व्यवस्था छ । महाधिवेशनका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहनेगरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो ।

 

 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १२:२७   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।