Logo

अर्थ

सेयर बजारमा ३०.५२ अंकको वृद्धि, ४ अर्ब ४८ करोडमाथिको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० को विन्दुमा कायम भएको छ ।

आज ३२६ कम्पनीको सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको सेयर कारोबार भएको छ । आज २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२९ प्रतिशतका दरले कमाएका हुन् । पोखरा फाइनान्सका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ६.३० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १५:२५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।