काठमाडौं । राजनीतिक परिर्वतनको १७ वर्षमा १३ सरकार बदलिए देश र जनताको अवस्था बदलिएन । मुलुकको सत्ता राजनीतिमा नेतातन्त्र छट्टाउन थालेपछि निराश, हताश र आक्रोश भएका जनता सडकमा ओर्लन थालेका छन् ।
उता दश वर्ष लामो माओवादी द्वन्द र २०५८ साल जेठ १८ गते भएको दरवार हत्या काण्डमा भारतीय गुप्तचर संस्था र तथा माओवादी बीचको कनेक्सनलाई लिएर भारतका विख्यात कुटनीतिज्ञ तथा सेनाका पूर्व जर्नेल लगायतले प्रश्न उठाए पछि भारत सरकारले यसलाई गम्भीर रूपमा लिएको स्रोत बताउँछ ।
तीन दिन पहिले नेपालमा भारतीय राजदूत रहेका रञ्जित रेले नेपालमा माओवादी द्वन्द गराउन भारतीय गुप्तचर संस्था ‘र’ र पुष्पकमल दाहाल बीचको सम्बन्धलाई लिएर कांग्रेस नेतृ सोनिया गान्धीको भूमिकामा प्रश्न उठाउँदै यसमा गम्भीर रूपमा छानविन हुनु पर्ने भनेका थिए ।
भारतीय सेनामा मेजर जर्नेल रही सकेका जिडी बख्सिले भारतीय जासूसी संस्था ‘र’ तथा नेपालका माओवादीको ग्रायण्ड डिजाईनमा नेपालको दरवार हत्या काण्ड रचिएको बताएका छन् ।
भारतीय राजनीतिक विश्लेषक पुष्पेन्द्रकुल श्रेशाले पनि ‘र’ र माओवादीका प्रचण्ड बीचको कनेक्सनमा नेपालमा सशस्त्र द्वन्द गराईको र दरवार हत्या काण्ड रचिएको र त्यसका पछाडी सोनीया गान्धी र सीताराम यचुरीको संलग्नता रहेको खुलासा गरेका छन् ।
यसरी भारतका कुटनीतिज्ञ सेनाका जर्नेल र राजनीतिक विश्लेषकहरुले नेपालमा भएको दश वर्ष लामो द्वन्द र दरवार हत्या काण्डमा माओवादी र भारतीय गुप्तचर संस्था ‘र’ बीचको कनेक्सनलाई लिएर सार्वजनिक गरिरहँदा नेपालमा सरकारको शासन शैली र दलहरुको जनता प्रति अनुत्तरदायी रवैयाबाट दिक्क- वाक्क भएका नारिकहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै सडक प्रदर्शन गर्न लागे पछि आत्तिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरवार हत्याकाण्ड लगायतलाई लिएर काभ्रेका जनताका बीच गरेको टिप्पणीबाट प्रचण्ड प्रति जनता थप आक्रोशित बनेको देखिन थालेका छन् ।
पर्सी १५ गते उनको फूर्ति सडक मै देखिने आम नागरिक बताउँछन् । उता सत्ता नेतृत्व गरी रहेको दिल्लीमा ‘र’ र माओवादी कनेक्सनलाई लिएर सरकारले अनुसन्धान गर्ने बुझिएको छ ।
सत्ता नेतृत्व गरी रहेको एमाले भने १५ गते माओवादीको सडक प्रदर्शनमा सहभागी हुने छैन । सत्तामा सहभागी नेपाली कांग्रेसले राजावादीहरुको सडक प्रदर्शन र आन्दोलनप्रति आफ्नो कुनै प्रतिकारात्मक दृष्टिकोण सार्वजनिक गरेको छैन ।
एघार दिनको प्रयासमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट्न असफल परराष्ट्र मन्त्री आरजु राणा देउवा त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग भलाकुसारी गरेर फर्केकी छिन् ।
दिल्लीबाट फर्केकी राणाले प्रधानमन्त्री ओली र आफ्ना पति कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउने प्रतिवेदनबाट भारतीय सत्ताको ताजा नेपाल नीतिलाई लिएर धेरै कुरा खुल्न सक्ने राजनीतिक जानकारहरु बताउँछन् ।
नेपालमा राजसंस्था पुनर्स्थापनासँगै धर्म निरपेक्ष खारेजीको माग गर्दै आन्दोलन हुन थालेपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग नेपालबाट भेट्न जानेहरुको क्रम बढेको छ । गएको साता मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह लखनऊ पुगेर योगीसँग भेट गरे ।
यसै गरी कांग्रेसका दोस्रो तहका नेता तथा पूर्व मन्त्री अभिषेक प्रताप शाह गोरखपुर पुगेर योगीसँग भेट गरे । अन्य नेताहरुको पनि योगीसँग भेट्न जाने क्रम रहेको बताउँछन् ।
गएको साता कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान संविधान कै कारण कुनै राजनीतिक दलले चुनावमा बहुमत ल्याउन सक्ने अवस्था नभएको भन्दै यसले देशको राजनीतिक अस्थिर भइरहेको बताएका छन् ।
सहकारी प्रकरणमा सरकारबाट फनफनी घुमाइएका रवि लामिछानेले म धेरै नबोलौं सबैलाई तयार रहन आग्रह गर्छु ‘गेट रेडी फर द रिभोलुसन’ (क्रान्ति) का निम्ति तयार रहन आग्रह गरेका छन् ।
उनले देश संकटमा परेको भन्दै यसो भनेका हुन् । यस्तै शनिवार पूर्व राजा ज्ञानेन्द्र शाह आफ्ना ईष्टदेवी गोर्खाकालीकाको दर्शन र पूजा गर्न तथा त्यहाँ स्थित गोरखनाथको पिठमा आशीर्वाद लिन पुग्दा स्थानीय हजारौंले बाजागाजा बजाउँदै “राजा आऊ देश बचाऊ” भन्दै गगनभेदी नारा लगाएका थिए।
माओवादी लगायत समाजवादी मोर्चामा रहेका वाम दलहरुले जनताको बढ्दो जनप्रदर्शन विरुद्ध प्रतिरोध आन्दोलन गर्ने तयारी गरी रहँदा आम जनताले शक्ति पीठ जाने क्रममा पूर्व राजा प्रति गरेको भव्य स्वागतका दृश्यले देशको राजनीति कता जाँदै छ बुझ्न कठिन हुन्न बुद्धिजीवी लगायत राजनीतिक विश्लेषक बताउँछन् ।
माओवादी नेतृत्वमा तीन दिनपछि १५ गते समाजवादी मोर्चाको नामबाट काठमाडौमा गर्ने भनिएको विशाल जनप्रदर्शनमा एमालेको सहभागीता नहुने कारण केही दिन यता पूर्व प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रम ओली प्रति निकै रुष्ट बनेका छन् ।
फागुन २५ गतेको राजावादीहरुको लाखौंको जनप्रदर्शन पछि उनले देशमा प्रतिगामी विरुद्ध भन्दै पोखेको आक्रोश अहिले ओली तिर फर्केको खबर चर्चामा उल्लेख छ ।
जुनसुकै सभा, गोष्ठि र कार्यक्रममा वर्तमान ओली नेतृत्वको सरकार निकम्मा भएको, भ्रष्ट, विचौलिया, माफिया, तस्करलाई काखी च्यापेको जस्तो आरोप लगाईरहेछन् ।
राजनीतिक विश्लेषकहरु तत्काल आफू सत्तामा फर्कने अवस्था नभएको, देशको राजनीति अर्कै तिर मोडिदै गएको अवस्थाबाट मुर्छित जस्तै हुन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहाँ के बोल्ने नबोल्ने सम्मको स्थितिमा पुगेको बताउँछन् ।
जनतामा असन्तुष्ट पराकाष्ठ छ, दलहरु अनुत्तरदायी बनेका छन् । सरकारको शासन शैली र दलहरु जनता प्रति अनुत्तरदायी भएको रवैयाबाट रुष्ट भएका नागरिकहरु अवस्था र व्यवस्था बदल्न भन्दै सडकमा ओर्लेका छन् ।
यस्तो प्रदर्शनबाट सच्चिन, सुधिन नेताहरुलाई चेतावनी दिइरहेछन् । नेताहरु त्यस्तो चेतावनी विपरीत उल्टै जाई लाग्ने र आई लाग्ने तयारीमा छन् । यसले देशको राजनीतिमा के हुने हो भन्ने चिन्ता बुद्धिजीवीमा देखिन्छ ।




















प्रतिक्रिया