Logo

प्रमुख समाचार

चुनावी नारा कस्तो तय गर्ने ? सामाजिक संजालमा प्रचार बाढी



काठमाडौं । निर्वाचनमा होमिदै गर्दा दल र उम्मेदवारहरुले चुनावी नारा तय गरेको छैन ? पुरानो थोत्रो नाराहरु लिएर नयाँ डिजिटल चुनाव प्रचार असम्भव छ ।

हरेक दल र उम्मेदवारहरुले नारामा समाविष्ट गरिने विषय वस्तुबारेमा गम्भीर नहुँदा हल्का ढङ्गले नाराबाजी भइरहेको छ ।

त्यसो त चुनावको मिति भन्दा १७ दिन अगावै प्रचार प्रसार गर्न आचारसंहिताले ढोका खोले पनि ढोका खुल्नु अघि टिकट लिनेहरु लामवद्ध हुन्छन् त्यो कुरा रेलको टिकट, सिनेमाको टिकट, विद्युत र टेलिफोनको महसूल बुझाउने लाइनले नि खुलस्त गरेकै हो।

चुनावी लाईन र नारा त झन महत्व राख्दछ । दल र नेताहरु आ-आफ्नो  प्रतिवद्धता र घोषणा पत्र अनुसार चुनावी नारा तय गर्न सक्नु पर्दछ ।

यसपालीको नारा जेनजी मुभमेण्टसँग सम्बद्ध कुरा त प्राथमिकतामा पर्छ नै, साथै वित्तीय क्षेत्रसँग सम्बद्ध ऐजेण्डा, बैंकका थुप्रिएको रकम लगानी नहुने अवस्था, तरलता व्यवस्थापन, अर्थतन्त्र मजबुत बनाउने स्पष्ट नीति, विदेशबाट प्राप्त रेमिट्यान्सको सदुपयोग, निजी क्षेत्रलाई कसरी परिचालन गर्ने, वैदेशिक रोजगारीलाई कसरी व्यवस्थापन गर्ने, आर्थिक वृद्धि, स्वदेशमा रोजगारी, स्वास्थ्यमा  अस्पतालहरुको दुरावस्था सपार्ने नीति, संघीय बोझमा थिचिएका जनताको जीवनस्तर उचाल्ने कार्य, डुब्न लागेका सरकारी संस्थान जोगाउने उपाय, जेष्ठ नागरिक एवं एकल महिला र बाल बालिकाको हित संरक्षण गर्ने जस्ता कुराहरु महत्वपूर्ण नाराहरुमा समेट्ने तर्फ ध्यान दिनु पर्ने हुन्छ ।

वृहद भत्ता अन्य देशको तुलनामा नेपालमा कमजोर रहेकोले यसतर्फ पड्को मार्ने नारा सहितको कार्यक्रमको प्रतिक्षा सर्वत्र चासोपूर्वक हेरिदैछ ।

सामाजिक संजालमा प्रचार बाढी

नेपालका करिव तीन करोड जनसंख्या मध्ये एक करोड नेपालीको हात हातमा मोबाइल छ ।

निर्वाचन नजिकिदै गर्दा सामाजिक संजाल प्रयोगकर्ताहरु निर्वाचनमा उम्मेदवारहरुले प्रचारका माध्यम बनाएको सामाजिक संजालमा बढी केन्द्रित देखिन्छ ।

प्रचारको सजिलो माध्यम मोबाइल भए पनि अवाञ्छित प्रचारबाजीले धेरैको चित्त दुःखाएको पाईन्छ ।

स्वच्छ प्रतिस्पर्धा र कानून सम्मत भनाई ठीक भए पनि अण्टसण्ट र निर्वाचन आचार संहिता विपरितका सामग्री अपाच्य भएको चर्चा छ ।

सामाजिक संजालका जे जस्तो चर्चा चलाए पनि ग्राउण्ड रिपोर्ट फरक हुँदा असन्तुष्ट मतदाता र कुप्रचार पीडित उम्मेदवारहरु त्रसित छन् ।

दुर्भाग्य के छ भने नेपालमा ती सामाजिक सञ्जाललाई कानूनले बाँच्न नसक्ने अवस्थाले गर्दा कुप्रचारले यथोचित स्थान समेटेका खबर अपर्णमा उल्लेख छ ।

तर, मतदाता सजगड छन् अब जे जस्तो हल्ला चलाए पनि त्यस माथि विश्वास नगरी विगतमा ठग्ने नेतालाई यसपाली जनताले राम्ररी ठग्ने निश्चित छ ।

चुनाव हुने नहुने दुविधाका बीच राज्यको झण्डै २४ अर्ब लगानी बेग्लै महत्व राख्दछ ।

समय अगावै हुने निर्वाचनले फजुल खर्च पटक पटक नेपालमा नभएको होइन । हेर्दै जाउ के के हुन्छ उत्सुकता बढ्दो छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार ११:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।