Logo

प्रमुख समाचार

बालेन र रविलाई एकै ठाउँमा पुर्याउने शक्ति को ?



काठमाडौं । निर्वाचनको मिति आउन करिब २० दिनमात्र बाँकी रहेको बेला राजनीतिक दलहरूले प्रधानमन्त्रीको भावि उम्मेदवार भन्दै केही व्यक्तिहरूलाई अघि सारेर चुनावी अभियान तिव्र पारेका भएपनि जनता भने राजनीतिक दलहरूको घोषणापत्र खोई भन्दै प्रश्न गरिरहेका छन् ।

तर, नेकपा बाहेक कुनै पनि राजनीतिक दलहरूले आजसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् । घोषणापत्र जारी नगरेका राजनीतिक दलहरूका उम्मेदवारहरूले मतदातालाई लोभ्याउनका लागि बाचाका प्याकेजहरू अघि सारेका छन् ।

घोषणापत्र जारी गर्ने काम राजनीतिक दलहरूको हो उनीहरूले उम्मेदवार बनाएका व्यक्तिहरू राजनीतिक दलका उम्मेदवार भएकाले गर्दा व्यक्तिले गरेका बाचाहरूको कुनै महत्व हुँदैन । प्रधानमन्त्री बनाउने काम संसदको हो ।

संसदमा बहुमत ल्याउने दलले पहिला आफ्नो दलको संसदीय नेता चुन्नुपर्ने हुन्छ । त्यसछि मात्र प्रधानमन्त्रीको उम्मेदवार बनाइने लोकतान्त्रिक अभ्यास रहेको पाइन्छ ।

विश्वका केही देशहरूमा निर्वाचन अघि नै जनतासामू आफ्नो दलले बहुमत ल्याएको खण्डमा फलानो व्यक्ति हाम्रो दलको नेतालाई प्रधानमन्त्री बनाइनेछ भनेर प्रचार प्रसार गर्ने गरेको अभ्यास रहेको पाइन्छ ।

त्यही कारणले गर्दा नेपालमा पनि निर्वाचनकै बेला भावि प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरिएको छ । नेपालमा विगत देखि नै राजनीतिक व्यवस्था निकै जटिल मोडमा पुग्दै आएको छ ।

कुनै पनि राजनीतिक दलले सरकार निर्माण गर्न एक्लै बहुमत ल्याउन नसकेको हुनाले संयुक्त सरकार बनाउनुपर्ने बाध्यता रहेकाले अहिले नै प्रधानमन्त्रीको भावी उम्मेदवार भनि घोषणा गरिएका व्यक्तिहरू प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिँदैन ।

हाम्रो संविधान अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद को व्यवस्था गरिएको छ । प्रत्यक्ष र समानुपातिक गरी संसदमा जम्मा २ सय ७५ रहने भएकाले एक्लै सरकार निर्माण गर्न एउटै दलले कम्तिमा १ सय ३८ सिट जित्नुपर्ने हुन्छ ।

अहिलेको अवस्थामा यो असम्भव जस्तो देखिएको छ । हुन त नेपालमा एउटै दलले बहुमत ल्याउदा पनि सरकार ५ वर्षसम्म टिकेको इतिहास छैन । विभिन्न समयमा नेपाली कांग्रेसले अहिलेको संविधान भन्दा अघिको संविधान अनुसार बहुमत ल्याएको थियो ।

तर, त्यो सरकार पनि ५ वर्षसम्म टिकेन । यसकारणले प्रष्ट हन्छ कुनै दलले बहुमत ल्याएपनि त्यस्तो दलको सरकार ५ वर्षसम्म टिक्छ भन्ने ग्यारेन्टी छैन । नागरिकले नेताबाट होइन प्रणालीबाट जवाफ खोजिरहेका छन् ।

तर, आजसम्म कसैले त्यसको उत्तर जनतालाई दिएको छैनन् त्यसबेला शक्ति कसरी प्रयोग हुन्छ । शक्ति कसले नियन्त्रण गर्दछ ? सरकार वा नेतृत्व असफल भए कसरी जनताप्रति जवाफदेही बनाइन्छ भनेर जनताले उत्तर खोजिरहेका छन् तर त्यसको जवाफ कसैले दिएका छैनन् ।

निर्वाचनमा उम्मेदवार भएका व्यक्तिहरूले पार्टीले होइन आ–आफ्नै तवरबाट जनतालाई आश्वासनका पोकाहरू बाँडिरहेका छन् । राजनीतिक दलहरूले आफ्नो घोषणापत्र मार्फत जनतालाई आफ्नो पार्टीको नीति, सिद्धान्त र विचार घोषणापत्रमार्फत जानकारी गराउनुपर्नेमा कुनै एक उम्मेदवारले निर्वाचन जित्नै का लागि आश्वासनका पोकाहरू बाँड्नु राजनीतिक चरित्र र दलीय व्यवस्थाकै उपहास हो ।

विगतमा पनि उम्मेदवारहरूले यस्तै आश्वासनका पोकाहरू जनतालाई बाँडेका थिए । नेपाली कांग्रेसका नेता स्व. कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानी, पुष्पकमल दाहालले नेपाललाई स्विजरल्याण्ड बनाउने आश्वासनका पोका बाँडेका थिए ।

तर, पार्टीका नीतिमा यस्ता आश्वासनका पोका ओझेलमा पर्दै आएका थिए । अहिले पनि त्यस्ता आश्वासनका पोकाहरू बाँडिएको छ । खास गरेर आफ्नो निर्वाचन क्षेत्र छोडेर अन्य निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका उम्मेदवारहरूले त्यस्ता झुठा आश्वासन बाँडिरहेका छन् ।

काठमाडौं महानगरका तत्कालिन मेयर बालेन साहले आफू मेयरमा जिते काठमाडौंबासीलाई फोहर पानी लगाएका समस्या कहिल्यै नहुने प्रतिवद्धता जनाएका थिए तर ती सबै समस्या अहिले पनि रहेका र उनी अहिले झापा निर्वाचन क्षेत्र नम्वर ५ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेका छन् ।

रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । बालेनले मेयरको पदावधि बाँकी हुँदाहुँदै किन संसदको उम्मेदवार बन्न झापा ५ मै पुगे ? त्यो नै रहस्यको विषय बनेको छ ।

भाद्र २३ गते जेनजीहरूले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वंसात्मक कार्य गर्न साहले नै जेनजीहरूलाई उक्साएका र उनैको योजनामा जेनजीहरूको विरोध प्रर्दशनलाई हाइज्याक गरेकाहरूले नै २४ गते सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन, राष्ट्रपतिको कार्यालय, प्रधानन्त्रीको सरकारी निवासमा आगजनी गरे ।

सिंहदरबारमा आगजनी हुँदा काठमाडौं महानगरमा रहेका दमकल आगो निभाउने कार्यमा प्रयोग हुन साहले नै रोकेका थिए भने उनले केही समय पहिला आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेका थिए ।

सिंहदरबारमा आगजनी भयो तर साहलाई कुनै सोधपुछ समेत गरिएन किन ? भाद्र २३ र २४ गते विध्वात्मक कार्यपछि भाद्र २४ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिए ।

प्रधानमन्त्रीको राजिनामापछि बालेन कुनै अँध्यारो कोठामा बसेर जेलमा रहेका रवि लामिछानेलाई जेलमुक्त गराउनुपर्ने भन्दै त्यसै अनुरुपको कार्य गर्दै थिए । रविलाई जेलमुक्त गरियो कानुन हातमा लिएर ।

भाद्र २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गर्दै सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई साहकै सिफारिसमा प्रधानमन्त्रीमा नियुक्त गरियो भने साहकै सिफारिसमा प्रधानमन्त्री कार्कीले संसद विघटन गर्नुपर्ने सिफारिस राष्ट्रपति समक्ष गरेकी हुनाले राष्ट्रपतिले संसद विघटन गरे ।

यी सबै कार्यहरू साहकै निर्देशनमा भएको रहस्य अहिले खुल्दै गएको छ । साहकै सल्लाहकार ओम प्रकाश अर्याल गृहमन्त्रीमा नियुक्त भए ।

भाद्र २३ गतेको जेनजीहरूको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरू नै अहिले सत्तामा रहेका र उनीहरूलाई सत्तामा पु¥याउने प्रमुख पात्र साह लगायत अन्य धेरै व्यक्तिलाई रास्वपामा प्रवेश गराउने र त्यही दलबाट संसदको उम्मेदवार बनाएर संसदमा पु¥याउने रणनीतिक उदेश्यका साथ भाद्र २३ र २४ गतेको घटना घटाइएको प्रष्ट हुँदै गएको खबर अभियान साप्ताहिकमा उल्लेख छ ।

तत्कालिन ओली नेतृत्वको सरकारलाई बैधानिक रुपमा हटाउन नसकिने अवस्था देखिएपछि असम्वैधानिक रुपमा विभिन्न षड् यन्त्र गरेर षडयन्त्रकारीहरूले राष्ट्रको सम्पत्ति ध्वस्त मात्र बनाएर अहिले फेरी उनीहरू नै सत्ता हत्याउने प्रयासमा लागेर सबै विध्वसकारीहरूलाई संसदको उम्मेदवार बनाएर जनतालाई झुक्याउन लागि परेका छन् ।

बालेन, रवि लामिछाने, स्वर्ण वाग्ले जस्तो अलग अलग चरित्र भएका व्यक्तिहरूलाई एकै ठाउँमा पु¥याउने र एउटै पार्टीमा बस्न लगाउने व्यक्ति हो हुन ?

विदेशी शक्तिहरूको खेलमा नै यस्तो कार्य भएको र तिनै विदेशी शक्तिहरूले उनीहरूलाई प्रयोग गर्दै अब सत्ता हत्याउने रणनीतिमा उनीहरू लागि परेको जस्तो देखिएको छ । त्यसै कारणले गर्दा त्यही शक्तिले बालेनलाई झापा पुर्याएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार ११:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।