Logo

अर्थ

गोकुल थापा बने कुमारी बैंकको भिसा अभियानमा विजेता



काठमाडाैं । भिसाले सञ्चालन गरेको दसैं क्याम्पेन २०२४ अन्तर्गत कुमारी बैंकका ग्राहकहरूमध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् ।

त्यसैगरी कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि बिजेता भएका छन् ।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरूबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा बिजेता छानिएको थियो ।

विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरु मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १४:०४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।