काठमाडौं । आज सेयर बजार भारी अंकले घटेकाे छ । नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४ को विन्दुमा कायम भएको छ ।
आज ४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ४.५२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया