Logo

अर्थ

नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त



काठमाडौं । नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

बैंकको सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको छ ।

बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो । प्रमुख कार्यकारी अधिकृत ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर भन्ने दौडमा छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १२:४९   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।