काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको छ । आजका लागि मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया