काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठ योजना आयोगमा काजमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकको गभर्नरका बलिया दावेदार श्रेष्ठको राजीनामापछि गभर्नरमा उनको सम्भावनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । श्रेष्ठले २०५४ सालमा राष्ट्र बैंक प्रवेश गरेका गरेका मौद्रिक अर्थशास्त्रमा बिद्यावारिधी ( पिएचडी) गरेका छन् । उनी राष्ट्र बैंकभित्रका अब्बल तथा क्षमतावान अधिकृतमध्ये पर्छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री संयोजकत्वको गभर्नर सिफारिस समितिले अहिले नयाँ गभर्नर नियुक्तीको लागि काम गरिरहेको छ ।




















प्रतिक्रिया