काठमाडाैं । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो ‘एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर’ ‘गेटपे’लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा माछापुच्छ्रे बैंकमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरेको छ ।
सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हालसम्म फिन–प्रो तथा फिन–पस जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिलेनै आफ्नो बर्चस्व कायम गरिसकेको छ ।
हाल सञ्चालनमा आएको गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणालीमार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म भएको कम्पनीले जनाएको छ ।
व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ । आधुनिक प्रविधिमार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत–प्रभावी र डिजिटलमैत्री साधन बनाएको छ ।
एकैपटकमा धेरै भुक्तानी माध्यममा गेट्पेको पहुच स्थापना हुने हुँदा जटिल भुक्तानी प्रणाली सहज हुने कम्पनीले जनाएको छ।
यो प्लेटफर्मले फरक भुक्तानी गर्ने माध्यमहरुलाई लागत–प्रभावी र भरपर्दो च्यानलमार्फत गतिशील रूपमा पठाउने सुविधा प्रदान गर्छ । जसले प्रयोगकर्तालाई छिटो, सजिलो र सहज भुक्तानीको अनुभव प्रदान गर्दछ । यसको नौलो प्रबिधि संरचनाले बैंकहरूलाई नयाँ भुक्तानी माध्यमहरु एकीकृत गर्न र बदलिंदो बजारको माग अनुसार सेवा प्रदान गर्न मद्दत गर्दछ ।
माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । यस प्लेटफर्मद्वारा बैंकका सम्पूर्ण भुक्तानी प्रणाली सहज गर्ने अभिन्न अंग बनेको छ ।
माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ टिम अनुसार ‘गेटपेको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौं, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ।’




















प्रतिक्रिया