Logo

अर्थ

राष्ट्र बैंकले गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना



काठमाडाैं । नेपाल राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’ स्थापना भएको छ । राष्ट्र बैंकले बैङ्किङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गरी डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको जनाएको छ ।्

बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने एवम् नियामकीय प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव व्यवस्थाबारे जानकारी गराउने, सरोका कहरुलाई विद्यमान नीतिगत र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, Non- binding Guidance, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले यो हबको स्थापना भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १६:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।